खेल

सागर पुन घाइते , सात महिना मैदान बाहिर रहने

सागर पुन घाइते ,  सात महिना मैदान बाहिर रहने

 काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय गरिएको छ । 

 

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छ देखि सात महिना  मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए  । 

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । 

 

विशेष