चिनमा ‘ठग्स अफ हिन्दूस्तान’ को हालत भारतमा जस्तो नहोस् भनेर प्रचारमा लागे आमिर
एजेन्सी । आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ बक्स अफिसमा एकदम नराम्रोसँग चिप्लियो । फिल्मले नसोचेको हार व्यहोरेपछि हाल फिल्म चिनमा प्रदर्शन हुने तयारीमा छ । भारतमाजस्तै हालत अब चिनमा नहोस् भनेर आमिर खान जमेर फिल्मको प्रचारमा जुटेका छन् ।
चिनमा फिल्म २८ डिसेम्बरमा रिलिज हुनेछ । अर्को वर्ष फिल्म रिलिज गर्ने भनिएको थियो । तर मेकर्सले यही वर्ष गर्ने निर्णय गरे । दर्शकले फिल्म मन नपराइदिएका कारण आमिरले दर्शकसँग फिल्मको लागि माफी पनि मागिसकेका छन् । अब उनी चिनमा फिल्मको प्रचार गर्दै छन् जहाँ उनको सार्वधिक फ्यान फलोइङ रहेको छ ।
स्रोतले जनाएअनुसार आमिर खान फिल्मको प्रचार धेरै नगर्ने अभिनेतामा पर्छन् । केही फिल्ममा उनले आफ्नो यो सिद्धान्तमा काम गर्दै आएका थिए । केहीमा यो सिद्धान्तले काम ग-यो पनि । तर ‘ठग्स अफ हिन्दूस्तान’ मा भने आमिरको यो सिद्धान्तले फेल खायो । त्यसकारण उनी चिनको विभिन्न शहर पुगेर फिल्मको प्रचार गर्नेछन् जहाँ उनका अघिल्ला फिल्मले राम्रो कमाइ गरेका थिए ।
फिल्ममा आमिरसँगै कट्रिना क्याफ, अमिताभ वच्चन र फातिमा सना शेख पनि छन् । तर चिनमा फिल्म प्रचारको लागि आमिर एक्लै पुगेका छन् ।