दाङ दुर्घटना मृतक सबै २३ जनाको सनाखत
काठमाडौं । शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा परि मृत्यु भएका २३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परि १९ जना पुरुष र चार जना महिला गरी २३ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक सवै जनाको सनाखत गरेर सकिएको र शव आफन्तजनलाई बुझाएको जनाएको छ ।
प्रहरीका अनुसार सनाखत भएकाहरुमा कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा / कबिता खत्री बर्ष २१ दाङ्ग बबई गाउँपलिाका ५ / आतिस नेपाली बर्ष १७ भेरीगंगा न.पा.४ जाजरकोट, खेमराज भट्ट बर्ष १७ कञ्चनपुर , कृष्णनगर न.पा–५, हिक्मत बोहरा बर्ष १७ जुम्ला चन्दानाथ गा.पा–३ रहेका छन् ।
यस्तै सनाखत भएकाहरुमा प्रदीप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७, संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.–१, बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका–५ , नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६ ,विजय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४ , शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.–५ ( चालक ), मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग (चालक ),अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा–१४ रहेका छन् ।
सनाखत भएकाहरुमा गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग ( सह–चालक ) ,गजेन्द्र ऐडी बर्ष १६ , डोल्पा , गजदुल्ला गा.पा.पा ३, महेश जोसी बर्ष १९ , बझाङ्ग, जयपृथ्वी नगरपालिका–१२, रितेन्द्र शाही बर्ष १९ , जुम्ला चन्दनाथ गा.पा।–१४,रुपेश शाही बर्ष २२ , सोही गाउँपालिका–१० जुम्ला, देविप्रसाद उपाध्याय बर्ष १६ , सोही गाउँपालिका–३ जुम्ला, विपना खत्री बर्ष १७ , सोही स्थान,जंग ब बुढा बर्ष १९ जुम्ला रारालिखी–१, वीरेन्द्र कन्दरा बर्ष १९ , जुम्ला कनाकासुन्दरी जुम्ला १८,लोकेन्द्र रावत बर्ष १८ , बाजुरा बुढीगंगा–१० रहेका छन् ।
मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका १४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।