मनोरञ्जन

नेपाल आइडल–२ को उपाधि रवि ओडलाई

नेपाल आइडल–२ को उपाधि रवि ओडलाई

काठमाडौं । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । 

 

शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । 

 

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले रु १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

रवि ओड नेपाल आइडल सिजन–२

विशेष