इंग्लिस प्रिमियर लिगः सलाहको उत्कृष्ट प्रदर्शन
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टनलाई २–० ले हराउँदै लिभरपुलले चार अंकको अग्रता लिएको छ ।
उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी चार अंकमा लम्ब्याएको हो । यद्यपी सिटीले एक खेल कम खेलेको छ ।
लिभरपुललाई जित दिलाउनका लागि मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शन रह्यो । १८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
जीतसँगै लिभरपुलले ४८ अंक बनाएको छ । उल्भरह्याम्टन भने २५ अंक सहित सातौं स्थानमा छ ।