कभर स्टोरी भिडियो

ब्राम्हणहरु देवताभन्दा माथि हुन्  (भिडियोसहित)

हिन्दुत्व चाहन्छु, त्यही भएर एसिया प्यासिफिक समिटमा गएँ

ब्राम्हणहरु देवताभन्दा माथि हुन्  (भिडियोसहित)

काठमाडौं । २४ पृष्ठको ‘स्वराज्य र मेलमिलाप’ नामक एक ‘बुकलेट’का लेखक केशवप्रसाद चौलागाईं कुनै पनि द्वन्द्व व्यवस्थापनमा धर्मको स्थान महत्वपूर्ण हुने ठान्छन् । हिन्दुधर्म ग्रन्थहरुमा द्वन्द्व अन्त्यको सूत्र पनि दिइएको छ । चौलागाईंले माओवादी विद्रोहको अन्त्यका लागि पनि स्वराज्य र मेलमिलापको नीति लिनु  पर्छ भनेका थिए । आफूलाई अध्ययन अनुसन्धानमा केन्द्रीत गर्न रुचाउने चौलागाईं विश्व हिन्दु महासंघ राष्ट्रियतर्फका सदस्य पनि छन् । उनी अन्तर्धार्मिक परिषद्का सचिव पनि छन् । 

 

उनका ‘खगोल र द्वन्द्व’, ‘द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्मता आध्यात्मिक क्षेत्रको भूमिका’, ‘मुक्तिनाथदेखि सुुवर्णभूमिसम्म’ नामक कृति पनि  छन् । मेलमिलापको विषय विपी कोइरालाले एक प्रशंगमा उठाएका थिए । तर उनको मेलमिलाप भनेको विभिन्न जातजाती, भाषाभाषी, धर्मका मानिसहरुबीचको मिलन हो । 

 

चौलागाईंको भनाइअनुसार स्वराज्य र मेलमिलाप नामक बुकलेट प्रकाशित भएपछि रामानुज मिसन ट्रष्टले पनि उनलाई आफ्नो धारणा राख्न निम्तो दिएको थियो । पुनाको गोखले सेन्टरमा मैले भारतले र महात्मा गान्धीले समेत नभनेको ‘स्वराज र मेलमिलाप’ बारे बोलेँ । 
स्वराज भनेको विखण्डनको कुरा होइन । स्वराजलाई विखण्डनसँग जोड्नु शब्दको दूरुपयोग हो । 

 

धर्मनिरपेक्षता भन्ने शब्द राम्रो होइन । यो नकारात्मक अर्थ दिने शब्द हो । संविधानमा धर्मनिरपेक्ष लेख्नु भूल हो । संविधानमा धार्मिक स्वतन्त्रता मात्रै लेखिएको भए पनि हुने थियो –चौलागाईं भन्छन्, ‘धर्म भनेको मानिसको, समुदायको पहिचान हो । दलहरुले जबर्जस्ती गरे ।’

">

नेपाल धर्मअनुरुप नै चल्ने राष्ट्र हो । राजाहरुले पशुपति मन्दिर जाने, कुमारीको दर्शन गर्न जाने, मच्छिन्द्रनाथको भोटो हेर्न जाने काम गरिन्थ्यो । त्यो अहिले पनि छ । यसकारण नेपाल धर्मबाट अलग छैन । 

 

म सबै धर्मबारे जानकारी राख्ने, बुझ्ने व्यक्ति हुँ । हिन्दुत्व मैले चाहेको हो । तर म एसिया प्यासिफिक सम्मेलनमा पनि गएँ । मैले अरु अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भाग लिएको छु  । 

 

बाहुन क्षेत्री, गिरी पुरी सन्यासीलाई ‘अन्य’मा राखियो । अरु सबैलाई पहिचान चाहिने । अनि हाम्रो समुदायलाई अन्यमा राखिनु गलत हो भनेर चौलागाईंले बाहुन क्षेत्री, गिरी पुरी सन्यासीको पहिचानबारे आन्दोलन गरे । 

 

जातका बारे चौलागाईंले कुरा उठाउने भए पनि उनी जातका आधारमा राज्य स्थापित हुन हुँदैन भन्ने मान्यता राख्छन् । कुनै जातीय पहिचानका आधारमा प्रदेशहरु निर्माण हुन हुँदैन भन्ने उनको मत छ । 

 

विशेष