देश

अवरुद्ध विद्युत् सेवा सञ्चालन

अवरुद्ध विद्युत् सेवा सञ्चालन

काठमाडौं ।  गत मङ्सिर २५ गतेबाट अवरुद्ध त्रिवेणी साना जलविद्युत् सेवा शुक्रबार रातिबाट सञ्चालन भएको छ । २०० किलोवाट क्षमताको मेसिनको बेरिङमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । 

 

करीब तीन दशकअघि विसं २०४६ मा निर्माण भएको साना जलविद्युत्को मेसिन पुरानो र जीर्ण भएका कारण बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए । 
हाल त्रिवेणी साना जलविद्युत् केन्द्रले १८०० बढी सेवाग्राहीको घरमा विद्युत् सेवा प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र विगत १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ । 

विशेष