के ‘काउन्ट’ गर्नु, ‘ब्वायफ्रेन्ड’हरु त भइहाल्छन् नी (भिडियोसहित)
फेसबुकको नांगो फोटो बारे पहिलो पटक बोलिन् सुजना
काठमाडौं । सुजना ढकाल, मोडल एवं अभिनेतृ हुन् । केही समयअघि गोवामा उनको मोबाइल हराएपछि फेसबुक ह्याक भयो । साथीहरुले उनको नग्न तस्वीर खिचेका थिए । उनको भनाइअनुसार त्यो नग्न तस्वीर ह्याकरले नै पोस्ट गरिदिएको हो ।
सुजनाको वजन ७० केजी थियो । डेढ वर्षसम्म डाइटिङ र जीम गरेर अहिले उनले वजन ५६ केजीमा झारेकी छिन् । यो अर्थमा उनी स्लीम र राम्री हुने नै भइन् । सुजनाको अर्को विशेषता भनेको यिनी बोल्न धेरै लजाउँदिनन् । निर्धक्क बोल्छिन् । तर घरमा पारिवारिक दबाब भने उनलाई छ । भन्छिन्, ‘म जे गर्छु, जस्तो गरिरहेको छु, त्यो परिवारमा त्यति रुचाउनु हुन्न । रोकतोक भने छैन । खुला विचार राख्ने आमाबुवाहरु हुनुहुन्छ ।’
वजन कम गरिरहँदा सुजनाले कुनै म्युजिक भिडियो गरिनन् । अहिले उनको कम ब्याक भएको छ । अहिले आफूलाई सिंगल छु भन्ने सुजनाले पहिलो डेटमा किस खाएको अनुभव नरहेको दावी गरिन् । उनी जे गर्छिन् भरसक भन्छिन् । वाइल्ड हुने गरी ‘मापसे’ गरेको पनि उनले स्वीकार गरिन् ।
नेपालमा पोर्न ब्यान भएको कुरामा सुजना सन्तुष्ट छैनन् । उनले इन्टरनेटमा पोर्न हेर्न खोजिन् । तर उनले भेटिनन् ।
पाँच वर्षदेखि उनी मोडलिङमा छिन् । २२ वर्षकी भइन् । उनलाई अब केही गरुम भन्ने सोच छ । राम्रो प्रोजेक्ट पर्खेर भए पनि गर्ने उनको मुड छ ।