एचआइभी/एड्स निको पार्न सकिने नयाँ विधि पत्ता लागेको वैज्ञानिकहरुको दावी
एजेन्सी । एचआइभी/एड्सविरुद्धको अनुसन्धानमा क्रियाशील वैज्ञानिकहरुले यो भाइरसविरुद्ध लड्ने नयाँ विधि पत्ता लगाएको दावी गरेका छन् । अमेरिकन फाउण्डेसन फर एड्स एण्ड सिडाक्सनका अनुसन्धानकर्ताहरुले एचआइभी संक्रमिट कोषहरुलाई नष्ट गर्ने विधि पत्ता लगाएको भन्दै यो एक ठूलो सफलता भएको उल्लेख गरेका छन् ।
एचआइभी नियन्त्रण गर्न हाल एन्टीरेक्ट्रोभाइरल औषधिको प्रयोग हुने गर्छ । जसले संक्रमितको शरिरमा भाइरस शुन्य बराबरमा झार्ने गर्छ । तर कोष भित्रको डिएनएमा भाइरस लुकेर बस्ने गरेकोले त्यो औषधिले भाइरस निर्मुल भने पार्न सक्दैन । हालको नयाँ सफलताले अब भाइरस लुकेर बस्ने कोषलाई नै नष्ट गर्ने वैज्ञानिकहरुको आशा छ । यदि त्यस्तो भयो भने एचआइभीविरुद्ध मानवजातीले गरेको यति लामो संघर्षमा भाइरसको हार हुनेछ । अर्थात एचआइभी पूर्णरुपमा निको हुने संक्रमणका रुपमा यसको परिभाषा नै बदलिने छ ।
एचआइभी भाइरसलाई हालसम्मको विधिमा पूर्णरुपमा मार्न सकिएको छैन । उक्त इन्सिच्यूटका प्रवक्ताले बताएअनुसार अहिले एचआइभी भाइरस नियन्त्रणको लागि प्रयोेग भइरहेको ‘एन्ट्राइट्रोभाइरल ट्रिटमेन्ट’ ले एचआाइभी इन्फेक्सन हुनबाट रोक लगाउँछ । तर यस उपचारले शरीरमा भएको सबै भाइरसलाई पूर्ण रूपमा नष्ट भने गर्न सक्दैन ।
उक्त भाइरस रिजभायर्समा रहिरहेको हुन्छ । एचआइभी भाइरसले मानव शरीरको अत्याधिक मेटाबोलिजम भएको सेलमा आक्रमण गर्छ जसकारण शरीर कमजोर हुँदै जान्छ । वैज्ञानिकले त्यही सेलमा रहने भाइरसलाई नष्ट बनाउने नयाँ विधी पत्ता लगाएका हुन् ।
अबको दोस्रो चरणको अनुसन्धान भने जैविक प्राणीमा उक्त विधी अपनाएर हेरिनेछ । यो विधि सफल भए पनि मानिसमा प्रयोग हुने भने अझै केही वर्ष लाग्नेछ ।