देश

तीन वर्षदेखि बन्द तातोपानी नाका तीन महिनापछि खुल्ने

तीन वर्षदेखि बन्द तातोपानी नाका तीन महिनापछि खुल्ने

काठमाडौं । तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्। 

 

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ। राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन्। सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ।

 

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएपछि सो नाका बन्द भयो। त्यसैको एक वर्षपछि २०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुग्यो। त्यसयताका बर्खे बाढी, पहिरोले २६ किलोमिटर बाह्रबिसे–लिपिङ डिकखण्ड तहसनहस भयो। भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

तातोपानी नाका

विशेष