प्रवास

मलेसियामा मुद्दा, गल्फमा ठगी र सिन्डिकेट चलाउने गाम्काप्रति वर्षौंदेखि मौन सरकार

मलेसियामा मुद्दा, गल्फमा ठगी र सिन्डिकेट चलाउने गाम्काप्रति वर्षौंदेखि मौन सरकार

काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा आँखा चिम्लिइरहेको छ । गाम्का नेपालका नाममा सीमित स्वास्थ्य संस्थाले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन् ।

 

मलेसियाका हकमा ३९ स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्थे । खाडीका साउदी, ओमन र बहराइनका लागि स्वास्थ्य परीक्षण गर्ने स्वघोषित जम्मा १२ मेडिकल छन् । मलेसिया जानेले ४ हजार ५ सय तिर्थे । गाम्कामा ५ हजार ५ सय रुपैयाँ र १० डलर ९करिब ११ सय रुपैयाँ० अनलाइन फारम शुल्क गरी ६६ सय लाग्छ । सरकारले ५ हजार ७ सय ८० रुपैयाँ यसको सीमा तोकेको छ ।

 

बायोमेट्रिकमा तीन अर्ब ८६ करोड १५ लाख बराबर ठगी भएको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत ललितपुरमा विचाराधीन छन् । साउदी, ओमन र बहराइनमा हालसम्म गएका १२ लाखभन्दा बढी कामदारबाट पाँच अर्बभन्दा ठगी गरेको अनुमान छ ।

 

‘तर आश्चर्यको कुरो सरकार गाम्काको यत्रो ठगी र सिन्डिकेटमा वर्षौंदेखि मौन छ’, नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, ‘त्यसविरुद्ध हामीले धेरैपटक आन्दोलन ग¥यौं । धेरै सरकार फेरिए, कुनैले सिन्डिकेट हटाएनन् । मलेसियाको त्यस्तै विषयमा आक्रामक देखिएका वर्तमान मन्त्री गोकर्ण विष्टले पनि यसमा चाहिँ वास्ता गरेनन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

गाम्का नेपाल

विशेष