पढाई पूरा नगरेकोमा करिनालाई पश्चताप, छोरालाई जसरी पनि पढाउने निर्णय
एजेन्सी । कुनै पनि विषयमा डिग्रीबिना नै फिल्म क्षेत्रमा लागेको कारण बलिउड अभिनेत्री करिना कपूरले गुनाशो पोखेकी छन् । करिनाले आफ्नो रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा यसको खुलासा गरेकी हुन् । शोमा करिनाले आफूलाई सधैं आफ्नो क्यारियर अलि ढिला सुरु गरेको भए हुन्थ्यो भन्ने लागेको बताइन् । अघि उनले भनिन्, ‘मैले धेरै छिटो निर्णय लिएँ र १७ वर्षकै उमेरमा सुुटिङ गर्न थालें । अब लाग्छ कि मलाई त्यो समय पढ्नुपर्ने थियो ।’
आजको समयमा शिक्षा धेरै महत्वपूर्ण हुने उनको मान्यता छ । कमसेकम डिग्रीसम्म हासिल गर्नुपर्ने मान्यता राख्छिन् करिना । अहिले डिग्री लिएर अभिनयमा लागेको भए हुुन्थ्यो भन्ने कुराको उनलाई ठूलो पश्चताप छ ।
त्यसकारण उनले आफ्नो त्यो सपना छोरा ताइमुरमा देख्न थालेकी छिन् । छोरालाई जसरी पनि पढाई पूरा गर्न लगाउने र पढाइ सकिएपछि मात्र आफूलाई लागेको काम गर्न दिने उनको निर्णय छ ।
करिनाले बताइन् कि, सैफ अलीका परिवार र साथीभाइ धेरै पढेलेखेका छन् । धेरैजसो अक्सफर्ड, क्याम्ब्रिज र विनचेस्टरमा पढेका छन् । सैफ आफैं पनि पढाइलाई लिएर अलि बढी नै सक्रिय छन् । यसअघि उनले भनिन्, ‘म त्यो परिवारबाट आएँ जुन परिवार कलाकारितामा बढि सक्रिय थियो । तर अब मलाई लाग्छ कि, जिन्दगीमा यो भन्दा पनि धेरै चिज छ । अब म धेरै ठाउँ घुम्छु, नयाँ मान्छे भेट्छु र यहीँबाट नयाँ चिज सिक्दै आएकी छु । यो सबै कुरा मेरो बच्चाले पनि सिकोस् भन्ने मोरो चाहना छ ।’
करिनाले १२ कक्षासम्मको अध्ययन गरेकी छिन् ।