आज क्रिसमस, विश्वभरका क्रिश्चिन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै
काठमाडौं । डिसेम्बर २५ अर्थात् क्रिसमस। विश्वभरका क्रिश्चियन धर्मावलम्बी धुमधामसँग क्रिसमस मनाउँदै छन् ।
येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष क्रिसमस मनाइन्छ । जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित मारियमको कोखबाट भएको थियो। युश आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको विश्वास गरिन्छ ।
उनकै जन्मदिन पारेर मनाइने क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने चलन छ । नेपालमा रहेका क्रिश्चियनहरूले पनि विविध कार्यक्रम गरी क्रिसमस मनाउँदै छन्। सरकारले क्रिसमस धर्मावलम्बीका लागि विदा दिएको छ ।
क्रिसमस