वास्ताविक नाम लुुकाएर चर्चा कमाएका सेलिब्रेटी
काठमाडाै । ग्लामर क्षेत्रमा आएर आफ्नो वास्तविक नाम परिवर्तन गर्ने त्यस्ता धेरै सेलिब्रेटि छन् । परिवर्तन गरेको नाम उनीहरूलाई फिल्म क्षेत्रमा फापेको पनि देखिन्छ । सदावहार नायिका करिश्मा मानन्धरको वास्तविक नाम बुनुु केसी थियो । त्यस्तैगरि ‘झोला’ फिल्मबाट चर्चा बटुुलेकी नायिका गरिमा पन्तको पुुरानो नाम कमला पन्त हो । हाल उनी बेलायती एनआरएनसँग घरजम गरेर बेलायतमै बस्छिन् ।
फिल्म क्षेत्रमा आउनअघि नायिका जेनिशा केसीको वास्ताविक नाम जमुुना केसी थियो । म्यूजिक भिडियो र फिल्ममा केही समयकी चर्चित नायिका नन्दिता केसीको नाम शोभा केसी हो । हाल उनी अमेरिकामा छिन् । त्यस्तै गरि ‘एटिएम’ फिल्मकी नायिका जिया केसीको नाम जमुना केसी हो ।
नायिका मेलिना मानन्धरले पनि फिल्म क्षेत्रमा आएर नाम परिवर्तन गरेकी हुन् । उनको पुरानो नाम सुनिता मानन्धर हो । कुनै समयकी चर्चित नायिका पूजा चन्दको वास्तविक नाम राधिका परियार हो । हाल उनी पनि अमेरिकामा छिन् । नायिकाम उषा खड्गीको वास्तविक नाम रुकमिणी कुुमारी पौडेल हो । बलिउडका केही सिरियलमा काम गरेकी उनी अहिले अमेरिकामा बस्दै आएकी छिन् ।
एक्सन नायक निखिल उप्रेतीको वास्तविक नाम दिनेश थापा हो । फिल्म क्षेत्रमा परिवर्तन गरेको नामले उनलाई निकै फाप्यो । नायिका झरना थापाको वास्ताविक नाम कमला थापा हो । नायक रमित ढुंगानाको पुरानो नाम राधेश्याम ढुंगाना हो । चकलेटी नायक आर्यन सिग्देल पनि फिल्म क्षेत्रमा आएपछि आर्यन सिग्देल भएका हुन् । उनको हरि प्रसाद सिग्देल नाम घरमै सिमित भयो । नायिका आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो ।