नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुँदै

काठमाडौं । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ ।
नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुने गरी तयारी भइरहेको बताइन् ।
“आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भयसक्यो”, उनले भनिन् ।
नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ ।
युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।
आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो ।
जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् ।
दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए ।