खेल

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुने भएका छन् । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।


 
यस्तै, सातदोबाटोमै हुने अर्को खेलमा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलेसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने छ ।  

 

हलचोकस्थित एपीएफको मैदानमा आजै हुने अर्को खेलमा लिगको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

 

लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको १०औं खेलबाट ३० अंक रहँदा लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबको २५ अंक रहेको छ ।

 

त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबलको भने २३ अंक रहेको छ । यता, उपाधि दौडबाट बाहिरिसकेको आर्मीको भने १० खेलबाट १८ अंक  छ ।

ए डिभिजन लिग

विशेष