करार अवधि पूरा नहुँदै टर्कीले फर्कायो ३ सय नेपाली कामदार

काठमाडौं । टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् ।
मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् ।
काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
टर्की नेपाली कामदार