Technology कर्पोरेट

पोखरामा सिप्रदी अटोपार्टस् टाटा गुरु भेला सम्पन्न, ४ घण्टाभित्र बिग्रिएका गाडी मर्मत गर्ने सिप्रदीको योजना

पोखरामा सिप्रदी अटोपार्टस् टाटा गुरु भेला सम्पन्न,  ४ घण्टाभित्र बिग्रिएका गाडी मर्मत गर्ने सिप्रदीको योजना

पोखरा । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रालिद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न गरिएको छ। पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुरदेखि महेन्द्रनगर र पोखरासम्म गरी  करीब १२० भन्दा धेरै टाटा गुरुहरूको उपस्थिति रहेको थियो।

 

सिप्रदी अटोपार्टसको प्रतिबद्घताअनुसार टाटा गुरुहरूलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याइने विविध कार्यक्रमहरूको जानकारी सिप्रदीअटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले दिए। उनले टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पूर्णरुपमा सहयोग रहने र गुरुबाट पनि सहयोगको अपेक्षा पनि रहेको बताए।

 

ग्राहकलाई फाइदा गराएर मात्र हामीलाई फाइदा हुन सक्छ भन्ने  विश्वासलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको सिप्रदी टाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडी बिग्रिएको अधिकतम ४ घण्टाभित्रमा मर्मत गर्ने आगामी योजनामा टाटा गुरुहरूको सहयोगको अपेक्षा रहेको सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन वावु श्रेष्ठले बताए । उनले टाटा गुरूलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफू तत्पर रहको भनाइ राखे।

 

उक्त कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले मेकानिकको हितमा ल्याइएको 'टाटा  गुरु कार्यक्रम' पहिलो र उत्कृष्ट रहेको धारणा व्यक्त गरेका थिए। साथै उनले हरेक मेकानिकले आफू मेकानिक हुनुमा गर्व गर्नुपर्छ भन्दै बदलिदो प्रविधिलाईलाइ छिटोभन्दा छिटो अगिंकार गर्न सक्नु पर्ने सुझाए। उनले आफू महासंघको तालिम संयोजकको नाताले सम्पुर्ण अटो मेकानिक्सहरुलाई दक्ष वनाउन आफनो पुरा सहयोग र संयोजन रहने प्रतिवद्घता जनाए।

 

त्यसैगरी अटोमेकानिक्स महासघंका महासचिव ठाकुर प्रसाद न्यौपानेले आफ्ना भनाई राख्दै हाम्रा सघंसस्था नपुगेका ठाउँमा सिप्रदी पुगेर तालिमका कार्यक्रम संचालन गरिकन हाम्रा अटो मेकानिक्सहरूलाई सक्षम बनाउन खेलेको भूमिकाको सरहाना गरे ।

 

कर्यक्रममा टाटालाई टाटा नै सही भन्ने कार्यक्रमा टाटा गाडीलाई बढीभन्दा बढी जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरूहरूलाई सम्मान तथा प्रोत्साहान गरिएको थियो । जसमा विशेष सम्मान प्राप्त गर्नेहरूमा, इटहरीका इस्राफिल अन्सारी पहिलो भएर सम्मानित भएका थिए भने क्रमशः वुटवलका अशोक देवकोटा दोश्रो, महाकालीका विनोद राई तेश्रो, वुटवलकै राजकुमार गौतम  चौँथो, धनगढीका चतराज पाण्डे पाँचौँ र  हेटौँडाका गणेश बानियाँ छैटौँ भएका थिए। साथै सहभागी अन्य गुरुहरूलाई अन्य विधामा सम्मान गरिएको थियो।

 

कार्यक्रमको अन्तमा सधन्यवाद ज्ञापन गर्दै सिप्रदी कम्पनीजका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले टाटा गाडीको बजार पहिलो स्थानमा हुनु र ग्राहकले आँखा चिम्लिएर टाटा गाडीलाई विश्वास गर्नु टाटा गुरुको हातमा भएको सिप र क्षमता हो भन्दै आउँदा दिनमा सहकार्य र सहयोगको प्रतिबदता जनाए ।

सिप्रदी

विशेष