खेल

बिग ब्यास लिगः सन्दीपको टिमले आज तेस्रो खेल्दै, जित्नै पर्ने दबाब

बिग ब्यास लिगः सन्दीपको टिमले आज तेस्रो खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले तेस्रो खेल सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 

यसअघि खेलेको दुबै खेलमा पराजित भएको मेलबर्नको लागि आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । खेल सिड्नी क्रिकेट मैदानमा हुनेछ । यता, घरेलु टोली सिड्नी पनि मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा रहेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो दुई बजे सुरु हुनेछ ।

 

बिग ब्यासको  डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो खेलमा २ विकेट लिएका सन्दीपले तेस्रो खेलमा तीन विकेट लिन सफल भएका छन् । उनी आफ्नो टिममा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा छन् । 
 

सन्दीप लामिछाने बिग ब्यास लिग

विशेष