मुख्य समाचार

काठमाडौंको मौसममा नाटकीय परिर्वतन, एकैदिनमा बढ्यो ४ डिग्री

काठमाडौंको मौसममा नाटकीय परिर्वतन, एकैदिनमा बढ्यो ४ डिग्री

काठमाडौं । काठमाडौंमा बिहीबार  न्यूनतम तापक्रम चार डिग्रीले बढेको छ । बुधबार बिहान यो वर्षकै कम तापक्रम १.५ डिग्री मापन गरिएकोमा आज भने चार डीग्री बढेको हो ।  बिहीबारको न्यूनतम तापक्रम ५.५ डिग्री मापन भएको छ । 

 

राति बादल लागेकाले जमिन चिसिन नपाउँदा बिहीबार न्युनतम तापक्रम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको हल्का प्रभावका कारण काठमाडौं उपत्यकासहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।

 

यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहेको मौसमविद पौडेलले बताए । तर पानी पर्ने गरी पश्चिमी वायु सक्रिय छैन ।
 ।

मौसम काठमाडौं

विशेष