खेल

विग ब्यास लिगः सन्दीपको शानदार प्रदर्शन, सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा

विग ब्यास लिगः सन्दीपको शानदार प्रदर्शन, सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा

काठमाडौं । अष्ट्रेलियामा जारी विग ब्यास क्रिकेट लिग (बीबीएल) मा  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार प्रदर्शन जारी राखेका छन्। मेलवर्न स्टार्सबाट प्रतियोगिता खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्स विरुद्धको खेलमा ४ ओभरमा १८ रन खर्चदैं २ विकेट लिए।

 

यी दुई विकेटसँगै सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा १ नम्बरमा उक्लेका छन्। सन्दीपले ३ खेलमा ७८ रन दिँदै ७ विकेट लिएका छन्।

 

विहिबारको खेलमा उनले सिक्सर्सका कप्तान मोइसेस हेनरिक्स र टम कुरानको विकेट लिए। यसअघि सोमबार होबर्ट हरिकेन्स विरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएका थिए। उनले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिएका हुन् । र, पहिलो खेलमा उनले २ विकेट लिएका थिए । 

सन्दीप लामिछाने विग ब्यास लिग

विशेष