Technology

केयूले ल्यायो देशकै पहिलो ‘सुपर कम्प्युटर’

केयूले ल्यायो देशकै पहिलो ‘सुपर कम्प्युटर’

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) ले मुलुकमा नै पहिलो ‘सुपर कम्प्युटर’ भित्र्याएको छ । जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स’ ले केयूलाई यहाँ जडित सुपर कम्प्युटर, नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको हो ।

 

अमेरिकास्थित युनिभर्सिटी अफ अर्कान्सस्ले प्राविधिक सहयोग गरेको छ । साढे ७ टेरावाइट र्‍याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको उक्त सुपर कम्प्युटर काभ्रेस्थित सूचना प्रविधि पार्कमा राखिएको छ ।

 

सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको हुन्छ । समानान्तर प्रोसेसिङ गर्ने सुपर कम्प्युटरले एकै साथ धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने काम गर्छ । केयूका सहप्राध्यापक डा. राजेन्द्र अधिकारीका अधिकारीका अनुसार तीव्र गणना र विशाल संग्रह क्षमता भएका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ । यो खरब आजको कान्तिपरबाट लिइएको हो ।

supper computer

विशेष