समाज

बोक्सीको आरोपमा आमाकै अगाडि सानीआमाबाट डामिइन् किशोरी

बोक्सीको आरोपमा आमाकै अगाडि सानीआमाबाट डामिइन् किशोरी

सुर्खेत । ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई । आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्।’

 

यो कुनै कथाकी पात्रको भनाइ होइन। सुर्खेत वीरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढाको पीडा हो। बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपीट भएको छ। शरीरभरी तातो पन्यूले डामिएको छ। अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन। एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ। पीडितकै आमा समेत ‘घरभित्रको कुरा मिलाउने पक्षमा’ छिन्। प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्रेको छ।

 

अमृता सिलाइकटाइको तालिम लिइरहेकी थिइन्। उनी वीरेन्द्रनगर-७ इत्राममा रहेकी सानीआमा कृष्णा काफ्लेको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि कृष्णाकी तीन वर्षीया छोरी बिरामी परिन्। अमृताले बोक्सी लगाएकै कारण छोरी बिरामी परेको भन्दै कृष्णाले उनलाई कुटेको र डामेको प्रहरीले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

बोक्सीको आरोप

विशेष