मुख्य समाचार

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिन अनलाइन टोकन प्रणाली

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिन अनलाइन टोकन प्रणाली

काठमाडौं ।  वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइन टोकन सेवा सुरु गरेको छ। आइतबार देखि सुरु गरिएको टोकन प्रणालीले वैदेशिक रोजगारीमा जाने कामदारका लागि सहज हुने कार्यालयले जनाएको छ । 

 

 

टोकनमार्फत नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने छ । पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा कार्यालयले चुस्त सेवा दिन सकेको थिएन ।


वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनका आधारमा टोकन नम्बर सेवाग्राहीलाई उपलब्ध गराउने र टोकनमा उल्लेख गरिएको मिति र समयमा मात्र काम हुनेछ ।


 

तोकिएको समयमा तोकिएका सेवाग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड नहुने र सेवाग्राहीले पनि सेवा प्राप्त गर्न सहज हुने अनुमान गरिएको छ ।  

 

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा पनि टोकनका आधारमा पाउने विभागले जानकारी दिएको छ। 

 

सेवाग्राहीले सो सेवाको लागि विभागको साइटमा गएर आफौंले फारम भर्न सक्नेछन् भने यो सँगै बिचौलियाको चलखेल हुने सम्भावना भने ज्यादै न्यून रहेको छ । 

यो सेवा सुरु भएसँगै वैदेशिक रोजगारमा जाने कामदारहरुले लामोलाइनमा बसेर झन्झट व्यर्होन पर्ने अवस्था भने देखिदैन । 
 

विशेष