कभर स्टोरी भिडियो

गाँजा बेचेर दर्जनौं वाइडबडी जहाज किन्न सक्छौं (भिडियाेसहित)

गाँजा बेचेर दर्जनौं वाइडबडी जहाज किन्न सक्छौं (भिडियाेसहित)

काठमाडौं । प्रदेश नम्बर तीनका पूर्वमन्त्री केशव स्थापित विन्दास व्यक्ति मानिन्छन् । उनी आफ्ना विचार निर्धक्क खुलेर राख्ने गर्छन् । उनी पछिल्लो समय आशा अभियान लिएर नेपालको पूर्वी क्षेत्रको भौतिक स्थितिलाई नियाल्न निस्किएका छन् । उनलाई आफूले बुझेको नेपाल पुरानो भए जस्तो लागेर यो अभियानका साथ पूर्वी नेपालका प्रमुख शहरहरूको भ्रमणमा निस्किएका हुन् । 

 

उनले जनताको मनोदशामा कलात्मक किसिमले रुपान्तरण गर्न सक्यो भने विश्वको सबै भन्दा  वैभवशाली  सबैभन्दा सुन्दर स्वस्थ ठाउँ बन्ने बताउँछन् । सबैभन्दा तल्लो तहमा पुगेर मानिसहरूको जीवन दृष्टिलाई परिवर्तन गर्न सक्यो भने मात्रै देशमाथि उठ्ने उनको तर्क छ । 

">

उनले पछिल्लो समय गाँजालाई वैज्ञानिक तरिकाले खेत गर्ने र त्यसबाट फाइदा लिनु पर्ने धारणा राख्दै आएका छन् । यस विषयमा  उनका भिडियोहरू पनि भाइरल भएका छन् । उनले आफूले गाँजाको बारेमा अहिले आएर नभई १०-१२ वर्ष अगाडिबाटै बोल्दै आएको बताउँछन् । त्यो बेला समय नपाकेकाले त्यति सक्रियता नदिएको तर अहिले त्यो बेला आएको बताउँछन् ।

 

उनले अमेरिकाको विभिन्न स्टेटहरूले गाँजालाई फुकुवा गरेको, व्यवसायियक रूपमा उत्पादन, प्रोसेस गरेर औषधि बनाउनुका साथै गाँजैको रूपमा पनि बेचिरहेको, कोकले पनि गाँजा युक्त कोक उत्पादन गरेको उदाहरण दिँदै गाँजा वैज्ञानिक तरिकाले अनुसन्धान गर्नका लागि गाँजा विश्वविद्यालय, गाँजा विद्यालयका साथै ट्रेनिङ सेन्टर प्रोसेसिङ सेन्टर, फार्मेसी खेल्नु पर्ने बताउँछन् । गाँजालाई सही तरिकाले प्रयोगमा ल्याउन सक्यो भने हामी विभिन्न देशका दूतावासमा गएर एम्बुलेन्स देऊ, औषधि देऊ, पुस्ताकलय देऊ भनेर हात फैल्याउन नपर्ने उनको तर्क छ ।

 

नेताले जनतालाई आश्वासन दिने नभई काम गर्ने वातावरण दिनुपर्ने धारण उनको छ । देशले एउटा विषयलाई लिएर अगाडि बढ्यो भने भविष्यमा दुईवटा मात्रै वाइडबडी विमान होइन ३० औँ वाइडबडी किन्न सक्ने क्षमता राख्ने बताउँछन् । जनतालाई पैसा बाँडेर नभई उनीहरू आफैँले के काम गर्न सक्छन् भन्ने कुरालाई निक्योल गरेर त्यसका लागि वातावरण सृजना गर्नु पर्ने उनको भनाई छ । उनले कोरियामा काम गर्न जाने नभइ कोरियानलाई नेपालमा तिम्रो ल्याब सञ्चालन गर्न आऊ भन्न सक्ने क्षमताका हामी नेपालीको गलत नेतृत्वका कारण यो सबै सम्भव हुन नसकेको प्रति उनी चिन्ता व्यक्त गर्छन् ।

 

नेपाल भारत सम्बन्धलाई नयाँ आयाम दिन आवश्यक रहेको उनले औँल्याए । विरोध गर्दा हिरो हुने र मिलेर काम गर्‍यौँ भन्दा दलाल हुने भन्ने कुरा गलत भएको भन्दै उनले आश्वास दिएर जनाताको भात खाएर फर्किने जनता नेता हुनै नसक्ने उनको दाबी छ ।

केशव स्थापित

विशेष