मुख्य समाचार

प्रधानमन्त्री भन्छन्, ‘समाज भाँड्ने खोजिदैछ’

प्रधानमन्त्री भन्छन्, ‘समाज भाँड्ने खोजिदैछ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव विथोल्ने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे ।  प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गरे ।

 

आईतबार गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पारे । सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
 

विशेष