मुख्य समाचार

यि मन्त्रीको मुखबाट कसरी निस्कियो यस्तो वचन ?

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी  

यि मन्त्रीको मुखबाट कसरी निस्कियो यस्तो वचन ?

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालयले दिएको निर्देशन अनुरुप काम नगर्ने कर्मचारीलाई कारवाही गरिने चेतावानी दिएका छन् ।  आइतबार आर्थिक वर्ष २०७५र७६ को प्रथम चौमासिक रिपोर्ट प्रस्तुत गर्दै मन्त्री महासेठले समयसिमाभित्र रहेर काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावानी दिएका हुन् । 

 

आगामी ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको स्तर उन्नती सक्ने भन्दै योजनाअनुरुप काम नगर्ने कर्मचारीको मूल्यांकन छुट्टै ढङ्गबाट हुने चेतावानी दिए । 

 

‘हामीले अहिले संघीय सडक निर्देशनालयहरु खोलेका छौँ । राष्ट्रिय गौरव तथा मुख्य–मुख्य सडकका काम चाँडो सक्नका लागि हामीले कर्मचारीहरु पनि खटाएका छौँ र जिम्मेवारी दिएका छौँ । समयमै काम नगर्ने तथा जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई हामी कारवाही गर्छौँ, काम समयमै सकिन्छ’ मन्त्री सहासेठले दाबी गरे । 

 

यसैबीच मन्त्री महासेठले यस आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारनै काम भएको दाबी गरेका छन् । मन्त्रालयले गरेको लक्ष्यअनुसार सडक विभागले ८० दशमलव ७५ प्रतिशत, रेल विभागको प्रगति ९२ दशमलब ९३ प्रतिशत काम भएको दाबी गरेका छन् । त्यसैगरी सडक वोर्डको वार्षिक लक्ष्यलाई हेर्दा सडक विभागतर्फ २१ दशमलब ६९ प्रतिशत, स्थानीय तहतर्फ १६ दशमलव २५ प्रतिशत, तराई मधेश द्रुतमार्गको वित्तीय प्रगति ४० रहेको रहेको दाबी गरिएको छ ।

 

त्यसैगरी नेपाली सेनाले निर्माणको ठेक्का लिएको जाजरकोट–दुनै सडक, कालीगण्डकी करिडोर, गोरखा आरुघाट लार्के सडक तथा कर्णाली करिडोरको वित्तीय प्रगति शत प्रतिशत रहेको बताएका छन् । 

 

यातायातमन्त्री महासेठले आगामी जनवरी १० तारिखभित्रै भारतबाट एउटा रेल किन्ने तयारी भइरहेको बताए । यसअघि डिसेम्बर १२ भित्रै एउटा रेल किन्ने घोषणा गरेका मनत्री महासेठले त्यो समयमा केही प्राविधिक समस्या रहेकाले किन्न नसकिएको भन्दै आगामी जनवरी १० भित्रै एउटा रेल भारत सरकारबाट किन्ने बताएका छन् ।
 

विशेष