खेल

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतको एतिहासिक जित

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतको एतिहासिक जित

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ । अस्ट्रेलियाको मेलवर्नमा आज भएको पाँचौ दिनको खेलमा खेलमा भारतले अष्ट्रलियाले बाँकी दुई विकेट लिएपछि विजयी हो ।

 

पहिलो पालीमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो । पहिलो पालीमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो पालीमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो । जवाफमा अष्ट्रेलियालाई दोस्रो पालीमाभारतले २६१ रनमा समेट्न सफल भयो ।

 

अष्ट्रेलियाविरुद्ध भारतका रवीन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीनरतीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए । अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो ।

 

यसैगरी सौन मार्साले ४४ तथा ट्रेभिस हेडले ३४ रन जोडेका थिए । तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ । अब चौथो टेस्ट जनवरी ३ तारिखदेखि सिड्नीमा शुरु हुनेछ ।

अस्ट्रेलिया-भारत

विशेष