खेल

डम्बर बोहरा ‘स्वर्ण पदक’ जित्न सफल

डम्बर बोहरा ‘स्वर्ण पदक’ जित्न सफल

काठमाडौं । भारतको नयाँ दिल्लीमा सम्पन्न ‘इन्डिया ओपन कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा नेपालबाट भाग लिएका डम्बर बोहराले ‘गोल्ड मेडल’ जित्न सफल भएका छन् । उनले ८० किलोग्राम समूहमा ‘स्वर्ण पदक’ जित्न सफल भएका हुन् ।

 

डम्बरले भारतीय खेलाडीलाई हराउँदै ‘गोल्ड मेडल’ हात पारेका हुन् । उनको घर सुदूरपश्चिमको कञ्चनपुर- बेदकोट नगरपालिका हो । डम्बरले दिल्लीको तालकटोरा इनडोर स्टेडियममा भएको प्रतियोगितामा भाग लिएका हुन् ।

 

प्रतियोगिता  पुष १४ देखि १६ गतेसम्म भएको हो । कञ्चनपुरको बेदकोट नगरपालिकाबाट सहभागी हुने भन्दै आवेदन भरिए पनि प्रतियोगितामा भने देशकै प्रतिनिधित्व जनाएर ‘गोल्ड मेडल’ हात पार्दा निकै खुसी लागेको उनले बताए ।

डम्बर बोहरा ‘गोल्ड मेडल

विशेष