कभर स्टोरी भिडियो

सुनको गजुर पछि लगाए नि हुन्छ, पहिले गरिबले दालभात खान पाउनु पर्छ  (भिडियोसहित)

सुनको गजुर पछि लगाए नि हुन्छ, पहिले गरिबले दालभात खान पाउनु पर्छ  (भिडियोसहित)

काठमाडौं । प्रकाश विकल्पको पुस्तक ‘देश किन बनेन’ हालै सार्वजनिक भएको छ । अनुसन्धानमुलक पुस्तकबाहेक जनस्तरमा जाने पहिलो पुस्तक उनको यहि हो । यो पुस्तक लेख्नु अघि लेखक विकल्पले १३ –१४ हजार वटा सन्दर्भ सामाग्री पनि अध्ययन गरे । पुस्तकमा नेपाल नबन्नुकोपछाडि उनले कैयन कारण देखाएका छन् । केही कारण आन्तरिक छन् भने केही विदेशीहरुका कारण नेपाल बन्न सकेको छैन । 

 

देश नबन्नुमा भ्रष्टाचार मात्रै कारक होइन । राजनीति मात्रै पनि होइन । वा दलहरुले भन्दै आएको विस्तारवादी र साम्राज्यवादी कारण मात्रै पनि होइन । नेपालमा भ्रष्टाचारको विरोध त भ्रष्टाचार गरिरहेकाहरुले पनि गर्छन् । भ्रष्टाचारबाट चाहिने जति पैसा कमाएकाहरुले पनि गर्छन् । अनि सर्बसाधारणले पनि गर्छन् । जसले भ्रष्टाचारबाट एक रुपैयाँ पनि कमाएका हुँदैनन् उनीहरु पनि यो विकृतिको विरोधी छन् । तर उनीहरुको विरोधले केही हुनेवाला छैन किनभने उनीहरुको नीति निर्माण तहमा पुहँच नै छैन । 

 

राज्यले धर्म संस्कृतिको रक्षा गर्छ । यो उसको दायित्व हो । तर लेखकको मतमा त्यो भन्दा महत्वपूर्ण कुरा त नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु मुख्य हो । 

"> 


देश बन्नका लागि कृषिप्रधान देशका कृषकहरुको जीवनस्तर उक्सिनु पर्छ । तर नेपालमा जो खेतीपाती गर्छन् उनीहरुको नाममा अति कम भूमि छ । भूमिको न्यायोचित वितरण छैन । अर्को तिर भूमि हुनेहरु खेतीपाती नै गर्दैनन् । उनीहरु खेतीपाती गर्नुुलाई अपराध नै ठान्छन् ।  जसका कारण किसानहरुको जीवनस्तर उक्सिन सकेको छैन । किसान भन्नेबित्तिकै गरिबी र निमुखा हुन्छन् भन्ने छवि दिमागमा बस्छ । 

 


मुलुक पञ्चायतबाट गणतन्त्रमा पुगिसक्यो । यो नयाँ पुस्ताले पनि थाहा पाइरहेका छन्  । त्यो भन्दाअगाडिको व्यवस्थामा नजादा पनि यति त भन्न सकिन्छ । तर नेपालको कर्मचारीतन्त्र पञ्चायती ह्याङओभरबाट बाहिर निस्किन सकेको छैन । व्यवस्थामा गणतन्त्र आयो, कर्मचारीमा पञ्चायतकै धङधङी छ । कर्मचारीमा त दलपिच्छेका संगठनहरु खारेज गरिहाल्नु पर्छ । 

 

नेपालको राज्य संरचनामा एकै खाले वर्गको अधिपत्य छ । लेखक विकल्प दावी गर्दै भन्छन्, ‘नेपालको शासन सत्तामा शासक हुने खानै नै छन् । अपवाद बाहेक राजनीतिमा, कर्मचारीतन्त्रमा सबैतिर जातीय रुपमा बाहुन क्षेत्र, भौगोलिक रुपमा पहाडे, लैगिक रुपमा पुरुष नै शासक भएका छन् ।’

 


नेपाल बन्दैछ भन्ने तर धेरै पुस्ताले प्रधानमन्त्रीको संख्या मात्रै गनेर बस्नु पर्ने अवस्था छ । देश बनाउनका लागि जनतामा पनि विकासप्रतिको सपना पनि चाहिन्छ । लेखक भन्छन्, ‘दक्षिण कोरियामा आर्थिक संकट हुँदा त्यहाँका नागरिकहरुले राज्यलाई आफूले भर्खर बिहे गरेर पाएको औंठीसमेत दिए । अर्थात जनतामा पनि विकासको सपना हुनु पर्छ । राज्यले जनताको सपना पूरा गर्नु पर्छ । ’ 

 


लेखक विकल्पले नेपाल किन बनेन भन्ने हरेक प्रश्नको जवाफ पुस्तकमा दिएका छन् ।  

विशेष