मुख्य समाचार

भावी प्रधानन्यायाधीशको सिफारिस हुन सकेन 

भावी प्रधानन्यायाधीशको सिफारिस हुन सकेन 

काठमाडौं । भावी प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विषय प्रवेश गरेलगत्तै स्थगित भएको छ । सोमबारको बैठकमा पाँच नयाँसहित ८ आयोगका विषयमा पनि निर्णय गर्ने तयारी गरिएको थियो । 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारको बैठकमा पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए। देउवा बाहिरिएपछि बैठकमा थप छलफल अगाडि बढेन्। प्रधानन्यायाधीश र संवैधानिक आयोगका अध्यक्ष र सदस्यबारे टुंगो लगाउन संवैधानिक परिषद्को अर्को बैठक मंसिर २२ गते बस्ने भएको छ । 

प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १६ गते सकिँदैछ। त्यसको एक महिना अघि नै संवैधानिक परिषदको बैठकले भावी प्रधान न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

 

न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्धोय  चोलेन्द्रशमशेर जबरा  र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।तर, न्यायाधीश जोशी यसअघि पनि प्रधानन्यायाधीशका लागि सिफारिसमा परेर संसदीय विशेष सुनुवाइ समितिद्धारा अस्वीकृत भएका कारण उनको नाम कैफियतमा राखेर सिफारिस गरेको थियो । 

 


 

विशेष