मनोरञ्जन

दाल भात तरकारीमा व्यस्त रहेकी नायिका निरुता  ‘हजार जुनीसम्म’ मा अनुबन्धित

दाल भात तरकारीमा व्यस्त रहेकी नायिका निरुता  ‘हजार जुनीसम्म’ मा अनुबन्धित

काठमाडौं । लामो समय पछि पुनः चलचित्र क्षेत्रमा फर्किएकी नायिका निरुता सिंह ले निर्देशक विकासराज आचार्यसँग काम गर्ने लागेकी छिन् । 

 

 

 

हाल  मह–सञ्चारले निर्माण गर्न लागेको चलचित्र दालभात तरकारीमा ब्यस्त रहेकी नायिका सिंह आचार्यको ह ‘हजार जुनीसम्म’ मा काम गर्ने भएकी छिन् । चलचित्र दालभात तरकारीमा भने  उनी वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत हुन लागेको बताइएको छ ।

 

 

चलचित्र  ‘हजार जुनीसम्म’मा निरुता फाइनल भइसकेको बताइएको छ । चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा निरुताका साथै  नायक आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत बालकलाकार अनुभव रेग्मी रहने फाइनल भइसकेको छ  । चलचित्र मंसिर २६ गतेबाट फ्लोरमा जाने बताइएको छ ।


नायिका सिंह विकाशराज आचार्यले निर्माण गरेको चलचित्र ‘नाइ नभन्नु ल ५’ बाट चलचित्र नगरीमा कमब्याक भएकी हुन् । त्यस लगत्तै उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो । 

विशेष