खेल

ए डिभिजन लिग : सङ्कटाले हरायो पुलिसलाई 

ए डिभिजन लिग : सङ्कटाले हरायो पुलिसलाई 

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्र्तगत मंगलबार भएको दोस्रो खेलमा सङ्कटा क्लबले जित हात  पारेको छ । 

 

 

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । 

 

 

 

खेलको २९औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेडमार्फत गोल गर्दै सङ्कटालाई शुरुआती अग्रता दिलाए । खेलको ३७औं  मिनेटमा दिपेश आलेमगरले गोल गरेपछि सङ्कटाले २–० को अग्रता बनायो । तर, खेलको ३९औँ मिनेटमा रवी पासवानले गोल गर्दै पुलिस क्लबलाई २–१ को स्थितिमा ल्याए । 

 

 

पहिलो हाफमा २–१ गोलमा सकिएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र सङ्कटाले खेल आफ्नो पक्षमा पा¥यो । खेलमा सङ्कटाका सरोज दाहाल म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । 

 

 

 

सङ्कटाको यो पाँचौ जित हो । जितसँगै सङ्कटाले छ खेलबाट १५ अङ्क जोड्दै शीर्ष स्थानको मनाङ मस्र्याङ्दीसँग अङ्क बराबर गरेको छ । मनाङले भने पाँच खेल मात्र खेलेको छ । लिगमा १० अङ्क जोडेको पुलिस क्लब पाँचौ स्थानमा छ । 

छैटौँ चरणका खेलअन्तर्गत बुधबार तीन खेल हुनेछन् । पहिलो खेल मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच तेस्रो खेल हुनेछ । 

विशेष