मनोरञ्जन

शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’ मा प्रवेश

शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’ मा प्रवेश

कामठाडौं । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । 

 

शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’ मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

 

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । 


यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् ।

 

 मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो । 

शृखंला खतिवडा मिस वल्ड

विशेष