मनोरञ्जन

विवाहमा आफ्ना स्वर्गीय बुबालाई सम्झेर भावुक भइन् प्रियंका

विवाहमा आफ्ना स्वर्गीय बुबालाई सम्झेर भावुक भइन् प्रियंका

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले शनिवार भारतको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा आफ्ना प्रेमी निक जोनससँग क्रिश्चियन रितीरिवाजमा विवाह गरिन् । त्यस्तैगरि आइतबार दुवैले हिन्दू रितिरिवाजमा विवाह गरे । विवाहको समारोहमा प्रियंका आफ्ना बुबा अशोक चोपडालाई सम्झेर भावुक भइन् । उक्त अवस्थालाई निकका बाबु केविन जोनसले सम्हाले र प्रियंकाका बुबाले गर्नुपर्ने दायित्व पनि पूरा गरे । 

 

क्रिश्चियन रितिरिवाजको अनुसार बेहुली आफ्नो बुबाको हात समातेर बेहुलाको नजिक जान्छिन् । फेरि बेहुलीका पिताले उनको हात बेहुलाको हातमा सुम्पिदिन्छन् । ५ वर्ष पहिला प्रियंकाका बुबा अशोक चोपडाको निधन भएको थियो । उनको अनुपस्थितीमा केविन जोनसले नै प्रियंकाको हात आफ्नो छोराको हातमा सुम्पिदिए र सम्धी हुनुको दायित्व निभाए । यो भावुक क्षणलाई देखेर त्यहाँ उपस्थित भएका सबै पाहुनाले जमेर केविनको तारिफ गरेका थिए । 

 

प्रियंकाका बुबा आर्मी अफिसर थिए । उनी आफ्ना पितासँग धेरै नजिक थिइन् । क्यान्सरको कारण सन् २०१३ मा अशोक चोपडाको देहान्त भयो । पिताको निधनको घाउ अहिलेसम्म पनि प्रियंकामा छ । जुन कुरा उनले धेरै अन्तर्वार्तामा पनि बताएकी छन् ।

 

प्रियंकाले सामाजिक सञ्जालमा पनि पटक पटक आफ्ना पितासँग जोडिएका फोटोहरू सेयर गरिरहेकी हुन्छिन् । उनको हातमा बनेको ट्याटुले पनि पिताप्रतिको उनको लगावलाई झल्काउँछ । ट्याटुमा उनले लेखाएकी छन्, ‘ड्याडीज लिटल गर्ल’

प्रियंका चोपडा

विशेष