मुख्य समाचार खेल

पेनाल्टी गोलमा एपीएफको जित, तालिकाको सातौं स्थानमा 

पेनाल्टी गोलमा एपीएफको जित, तालिकाको सातौं स्थानमा 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्र्तगत मंगलबार भएको खेलमा विभागीय टीम सशस्त्र प्रहरी (एपीएफ) क्लब विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा भएको पहिलो खेलमा एपीएफले न्यूरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराएको हो । 

 

 

 

 

एपीएफको लागि युवराज खड्का र सुदीप सिखरकारले गोल गरे भने एनआरटीका लागि राजेश परियारले गोल गरे । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफमा एपीएफले गोल गर्दै जित निश्चित गरेको हो । 

 

 

 

खेलको तेस्रो मिनेटमा एपीएफका लागि युवराज खड्काले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको  १५ औं मिनेटमा एनआरटीले गोल गर्दै खेल बराबरी ग¥यो  । उसका लागि राजेश परियारले गोल गरे ।  

 

 

 

दोस्रो हाफको ७३ औं मिनेटमा एपीएफले पेनाल्टीमा गोल ग¥यो । उसका लागि सुदीप सिखरकारले गोल गरे । डी बक्स भित्र  एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरे पछि एपीएफले पेनाल्टी पाएको हो । 

 

 

 

जितसँगै छैटौ चरणको खेलसम्म एपीएफको लागि दोस्रो जित हो । यता एनआरटीको भने जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा पराजित भएको छ ।

 जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो ।


 

विशेष