अर्थ मुख्य समाचार

पेन्सन प्रणाली फेरिन्छ : अर्थमन्त्री खतिवडा

पेन्सन प्रणाली फेरिन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलेको जस्तो पेन्सन बाढ्नुपर्ने युगको अन्त्य हुने बताएका छन् ।

 

 

 

निवृत्तिभरण कोष सम्बन्धी अर्थ समितिमा भएको बैठकमा मन्त्री खतिवडाले पेन्सन प्रणाली फेरिने भन्दै मोडेल फेर्ने कार्य योजना प्रस्तुत गरेका हुन् ।

 

 

पुँजी पेन्सनमा भन्दा पनि विकासमा लगाउनु पर्ने भन्दै उनले पेन्सन बाँढ्ेर बस्ने दिन चाँढै नै समाप्त हुने बताए । 

मन्त्री खतिवडाले पेन्सनको नाममा राज्यलाई धेरै आर्थिक भार परेको भन्दै अबका दिनमा यस्ता पक्रिया चल्न नहुने बताए । 

अब नयाँ भर्ना हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गरिनेछ । जसमा कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरेर कोषमा जम्मा गरिनेछ । ६० वर्ष पुगेका कर्मचारीलाई सोही कोषबाट पेन्सन सुविधा प्रदान गरिनेछ ।

 

 

 

हाल पेन्सनको शीर्षकमा वार्षिक ५३ अर्ब रुपैयाँ सरकारले खर्च गरिरहेको छ । वि.सं २०६४/६५ तिर यो ६ अर्ब रहेको थियो । अबको १० वर्षपछि यो रकम बढेर १ खर्ब पुग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

विशेष