किक्रेटर गौतम गम्भीरले सन्यास लिए
काठमाडौं । भारतका चर्चित क्रिकेट खेलाडी गौतम गम्भीरले सन्यास लिएका छन् ।
‘केही मेरो कथा लेखिरहेको थियो, अहिले उसको कलमको मसी सकियो ।’ भन्दै सबै फम्र्याटबाछ सन्यास लिएका हुन् ।
भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका ३७ वर्षीय गम्भीरले ५८ टेस्ट, १४७ एक दिवशीय र ३७ टि–२० खेल खेलेका छन् ।
उनले टि–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने एक दिवशीय विश्वकपको फाइनलमा ९७ रनको उत्कृष्ट पारी खेलेका थिए ।
रणजी ट्रफी अन्तर्गत आन्द्रविरुद्धको खेल ३७ वर्षे गाम्भीरको करियरको अन्तिम खेल हुनेछ । उनले टेस्टमा ११ शतकसहित ४,१५४ टेस्ट रनबनाएका छन् । एक दिवशीयमा भने उनले ५,२३८ रन जोडे ।
गम्भीरले कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
गौतम गम्भीर