समाज

रक्सीले मातेर गृहमन्त्री बादलका छोरा प्रतीकले लाजिम्पाटको रेष्टुरेन्टमा मच्चाए बितण्डा  

रक्सीले मातेर गृहमन्त्री बादलका छोरा प्रतीकले लाजिम्पाटको रेष्टुरेन्टमा मच्चाए बितण्डा  

काठमाडौं । श्रमिकवर्गको पार्टी र तिनीहरुकै नेता भनेर मात्र के गर्नु ? परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभाना बन्दा रहेछन् । 

 

गृहमन्त्री रामबहादुर थापा हेर्दाका सोझा, लेनादेनातिर नमुछिएका । ०६४ का रक्षामन्त्री, तर सेरेमोनियल टाइपका । मन्त्रीको व्यक्तित्व त्यस्तो, लाजिम्पाटतिरको रमिताचाहिँ अर्कै । बादलपत्नी नैनकला, सालो र छोरा प्रतीकहरु प्रायः लाजिम्पाटतिर देखिने । माछापुच्छ«े बैंक र होटल ग्याङजोङको ठीक अगाडि दि लास्ट फ्राइडे नामक लाउञ्ज बार एन्ड रेष्टुरेन्ट छ । दुई वर्षअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुण्ड नाइके कुमार श्रेष्ठ घैंटेले खोलेको त्यसको सञ्चालक राजेश कार्की एअर एसिया मा राम्रै पैसा डुबाएका व्यक्ति हुन् । 

 

त्यहाँ हिजोआज गृहमन्त्रीका ओछ्यानकै मान्छेहरु प्रायः जसो जुट्छन् । आउने, खानेर जानेमात्रै भए त शहरमा त्यस्ता ठाउँ अनेकौं छन् । चर्चा गर्नुपर्ने नै थिएन । तर यिनीहरु जने, खाने मात्रमा सिमित रहेनन् । डाङडाङ डुङडुङ गरेर रमितै देखाउने तहसम्मपुगे । यही क्रममा अभिल्लो हप्ता गृहमन्त्रीका छोराले होहल्ला मच्चाए । केही समय नेकपा अध्यक्ष प्रचण्डको बडीगाडी रहिसकेका दानबहादुर मल्लको कमाण्डमा रहेको दरबारमार्ग प्रहरी वृत्तको क्षेत्रमा पर्छ, उक्त रेष्टुरेन्ट । 

 

आधा रातसम्म बदमासी गर्ने गृहमन्त्रीका छोरा सजायँ भोग्ने रेष्टुरेन्टका कर्मचारी 
 प्रहरीले गत  बुधबार उनीहरुलाई समातेर लग्यो । रातिअबेरसम्म होहल्ला गरेको, शान्ति सुरक्षामा खलल गरेको आरोपसाथ रेष्टुरेन्टमा काम गर्ने मजदुर र कर्मचारीलाई प्रहरीले पक्राउ गरी चिसो छिँडीमा एक रात राख्यो । उनीहरु भोलिपल्ट कागज गरेर छुटे ।  

 

रमिता यतिमै सकिदैन । मन्त्रीको सचिवालयमा स्वकीय सचिव छन् सुदीप तामाङ वाइसिएलका उपाध्यक्ष । बादल वैद्यसँग लागेर हरितन्नम् भएको बेला पकेट खर्च नहुँदा साथीहरु गुहार्दै हिँड्ने अवस्थाले गर्दा उनको घरनजिक चाँगुनारायण स्थित त्रिशुलडाँडा बनाइरहेको होटलको निर्माणकार्य पूरै  रोकिएको थियो । तर, बादल गृहमन्त्री भई प्रतीकको सेटिङमा  सुदीप नियुक्त भएको एक महिनाभित्र होटलमात्र तयार भएन, अहिले त सञ्चालनमा आइवरी वैध, अवै सबैखाले गतिविधि चल्न थालिसकेको छ । 

 

तास खेल्ने जुवाडेदेखि युवतीसँग रमाउने उरेन्ठेउलाहरुका लागि सबभन्दा सुरक्षित अखडा हो त्यो । त्यहाँ के के हुन्छ भन्नेबारे प्रहरी जानकार नभएको होइन । तर प्रतीकहरु पुगिराख्ने ठाउँमा कसरी छुने ? 

 

त्यसमाथि प्रहरीका केही हाकिम छन् भनेको ठाउँमा भनेकै बेला प्रतीकलाई पैसा बुझाउ पुग्ने । प्रतीकले पैसा बुझेर हेटौंडा सरुवा गराएका एसपी लोकेन्द्र श्रेष्ठ हाजिर भएको हप्ता दिनमै तानिए । बस्याल थरका एसपीलाई नुवाकोट लैजान एक व्यापारीमार्फत डिल गरेर आधा पैसा लिइसकेका थिए । पठाउन नसकेपछि व्यापारीले पैसा फिर्ता मागिरहेका छन् । तर, प्रतीक चाहिँ आइजिपीसँग डिनर खाँदैछु भनेर उलैटै व्यापारीलाई हप्काउने गर्छन् । यसबाहेक प्रहरीका हाकिमहरुलाई आफू बसेको ठाउँमा सुरक्षाका लागि पुलिसको ड्युटी लगाइदिन अह्राउँछन् । यसरी अहिले प्रतीक र सुदीपका कारण ‘बादल मात्र खान्छ कि सरकारलाई तान्छ’ ? भन्न सकिन्न । 

 

 यो समाचार जनआस्था साप्ताहिकबाट लिएका हौं ।
 

विशेष