मुख्य समाचार स्वास्थ्य

डा केसीको आपत्ति   - मेडिकले शिक्षाको विषयमा अदालतले दण्डित गर्नुपर्नेलाई पुरस्कृत ग¥यो 

डा केसीको आपत्ति   - मेडिकले शिक्षाको विषयमा अदालतले दण्डित गर्नुपर्नेलाई पुरस्कृत ग¥यो 

काठमाडौं ।  मेडिककल शिक्षासम्बन्धी अदालतले गरेको एक फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन् । 

 

 

गत मंसिर ३ गते  वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेको उक्त फैसलाअनुसार सो भर्ना सदर भएको भन्दै डा केसीले असन्तुष्टि जनाएका छन् ।

उनले सम्बन्धित नियमनकारी नियामक निकायको नियम विपरीत भर्ना गरेकोमा दण्डित हुनुपर्नेमा  पुरस्कृत गरेको बताएका     छन्। उनले अदालतको आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएको आरोप समेत लगाएका छन् ।

 

 

 

प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनले भने, ‘न्यायको आधारभुत सिद्धान्त नै दोषी दण्डित हुने भन्ने हो। दोषी पुरस्कृत हुने र नियमनकारी निकाय दण्डित र निष्प्रभावी हुने अवस्थाले अदालतका आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएका छन्।’ 

 

 

सो फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै डा.केसीले भनेका छन्, ‘नियामक निकायले अनुमति नै नदिएका सिटमा विद्यार्थी भर्ना गर्ने, भर्ना बदर भएपछि नियामक निकायविरुद्ध अदालत जाने, अदालतले जानाजान अवैध रुपमा भर्ना भएका विद्यार्थीमाथि हुने ‘अपुरणीय क्षति’का नाममा कलेजको पक्षमा अन्तरिम आदेश दिने, अनि त्यही अन्तरिमलाई टेकेर अन्तिम फैसलाले माफियाहरुलाई जिताउने, यो दुश्चक्रमा बारम्बार पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली केन्द्रमा हुन्थे । पराजुली पदमुक्त भए पनि त्यो प्रवृत्ति कायमै रहेको कुरा पछिल्लो फैसलाले पुष्टि गरेको छ ।’

 

 

उनले यसअघि नै चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नेलगायतका मागहरु राखेर हामीले पौष २ गतेसम्मको अल्टिमेटम दिएका छन्।

विशेष