समाज

 सफाइ अभियानमा लागे मुख्यमन्त्री राउत

 सफाइ अभियानमा लागे मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत ‘जनकपुर शहर सरसफाइ’ अभियानमा सहभागी भएका छन् । मुख्यमन्त्री राउत बुधबार बिहान कुचो लिएर सडक सरसफाइमा लागेका हुन् । 

 

 

प्रदेश २ लाई समृद्ध, सफा र चिटिक्क बनाउनका लागि भन्दै उनले प्रमुख शहर देखि सडक, चोक र भित्री गल्लीमा समेत सरसफाइ गर्नुपर्ने बताए । 

 

 

जनकपुरचोकदेखि जानकी मन्दिसम्मको गरिएको सरसफाइमा मुख्यमन्त्री राउत लगायत सुरक्षा निकायका प्रमुखहरू, मुख्य सचिव दिपक सुवेदी, विद्यार्थी, कर्मचारी र सर्वसाधारणहरु समेत ठुलो संख्यामा सहभागी भएका थिए ।

 

 

 

सरसफाइमा संलग्न मुख्यमन्त्री राउतले जनकपुरधाम धार्मिक, साँस्कृतिक, ऐतिहासिक  महत्व बोकेको पवित्र स्थल हो । यो नेपालको एउटा सुन्दर र महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि भएकोले जनकपुरधाम शहरलाइ सुन्दर, हराभरा बनाउन सरसफाइमा विशेष जोड दिनुपर्ने उनको भनाई छ ।  सहर सफा र सुन्दर  बनाँउदा स्वच्छ वातावरण  हुनुको साथै अझ ठुलो संख्यामा पर्यटकहरु भित्राउन सकिने उनले बताए । यो सरसफाइ अभियानले एउटा जनकपुरमा मात्र नभएर सिंगो प्रदेशलाई सकारात्मक सन्देश दिने उनले बताए 

विशेष