‘प्रसाद’ हेरेर रोए नम्रताका प्रेमी
काठमाडौं । फिल्म ‘प्रसाद’ भोली मङ्सिर २१ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । हिजो बुधबार आयोजना गरिएको रेड कार्पेट शोमा नायिका नम्रता श्रेष्ठका प्रेमी दावा शेर्पा पनि पुगेका थिए । फिल्म हेरिसकेपछि पत्रकारसँगको अन्तरक्रियामा उनले आफूलाई फिल्मले भावुक बनाएको र आफू रोएको पनि बताएका छन् ।
दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा नम्रतासँगै बिपिन कार्की, निश्चल बस्नेत, बसुन्धारा भुषाल, बिनोद भट्टराई आदिको पनि मुख्य भूमिका रहेको छ । फिल्मको रेड कार्पेट शोमा भुवन केसी, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, ऋचा शर्मा, दयाह्याङ राई आदिसँगै नेपाल आइडलका प्रतियोगिहरूको पनि उपस्थिीति रहेको थियो ।
एक अन्तर्वार्तामा केदार घिमिरेले उक्त फिल्म गहन विषमाथिको एकदम सरल प्रस्तुती भएको बताए । नायक रमेश उप्रेतीले कलाकारहरूले पृथक कथामा राम्रो अभनय गरेको र कतिपय ठाउँमा इष्र्या लाग्ने अभिनय गरेको पनि बताए । भुवन केसीले फिल्म निकै मन छुने भएको बताए । उनले निर्देश्क राउत, बिपिन कार्की र नम्रता श्रेष्ठको कामको तारिफ गरेर भ्याएनन् ।