मुख्य समाचार

काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौं । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

 

बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । 

 

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 


जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । 

 

विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

 

हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद्  सुवेदीले बताए।  

काठमाडौं

विशेष