निर्मलाका लागि न्याय माग्दै विवेकशील साझाको प्रदर्शन (फोटो सहित )
काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याको विरोधमा विवेकशील साझा पार्टीले शुक्रबार प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ ।
प्रदर्शनको क्रममा सहभागीहरुले आँखामा कोलो पट्टी बाँधेका थिए भने हातमा तराजु बोकेका थिए । केही सहभागीले ‘बोलीमा नयाँ युग, व्यवहारमा पुराने युग’, ‘प्रहरी हुनुपर्ने रक्षक, किन देखिँदैछ भक्षक’, खै —खै न्याय खै ? न्याय हरायो भन्देउ है ।’ लगायतका नारा लेखिएको कागजको टोपी लगाएका थिए ।
प्रदर्शनको क्रममा नाटक समेत देखाइएको थियो, जसमा न्याय कहिले ? भनिएको छ । उनीहरुले हत्यारा तत्काल सार्वजनिक गर्न माग समेत गरेका छन् ।
तस्विर:चन्द्र राई