खेल

एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडौं । शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार सार्वजनिक गरिएको छ । 

 

आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो ।

 

प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

 

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ । 

 

विराटनगरको कप्तानी पारस खड्का तथा ललितपुरको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । राउण्ड रोविन लिगमा उद्घाटनको अर्को दिनदेखि दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

 

पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

 

उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले समेत मान्यता दिएको छ । 

एभरेष्ट प्रिमियर लिग ट्रफी

विशेष