मनोरञ्जन

यौन शोषणको आरोपमा गायक सिंह पक्राउ

यौन शोषणको आरोपमा गायक सिंह पक्राउ

एजेन्सी । बलिउडका चर्चित गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको छ । एक किशोरीले यौन शोषणको आरोप लगाएपछि गायक सिंहलाई दुबईको अबुधाबीबाट प्रक्राउ गरेको हो । 

 

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

 

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो । 

यौन शोषण गायक मिका सिंह

विशेष