मनोरञ्जन

किम्फको १६ औं संस्करण काठमाडौंमा आजदेखि,  ३१ देशका चलचित्र प्रदर्शन गरिने

किम्फको १६ औं संस्करण काठमाडौंमा आजदेखि,  ३१ देशका चलचित्र प्रदर्शन गरिने

काठमाडौं । काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) सुरु हुँदैछ।

 

 

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा नेपालसहित ३१ देशका वृत्तचित्र, फिक्सन, एडभेन्चर, शर्ट फिल्मलगायत विधाका ७२ वटा चलचित्र देखाइने छन्।

महोत्सवमा प्रदर्शनीका लागि प्राप्त ६१ देशका ४०० चलचित्रमध्ये ७२ वटा छनोट गरिएको आयोजकले जनाएको छ। यो किम्फको १६औं संस्करण हो। जसमध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत १४, अन्तर्राष्ट्रिय गैरप्रतिस्पर्धी ३६, नेपाल पानोरामाअन्तर्गत २१ र विशेष स्क्रिनिङअन्तर्गत एक चलचित्र प्रदर्शन हुनेछन् ।

 

 

 

‘वुमन मुभ माउन्टेन’ नारासहित मंसिर २५ गतेसम्म चल्ने महोत्सवमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन चलचित्र देखाइने छ। किम्फको उद्घाटन अस्ट्रेलियाकी जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ बाट हुनेछ। राष्ट्रिय सभागृहमा प्रदर्शन गरिने उक्त फिल्ममा पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्ति प्रस्तुत गरिनेछ।

किम्फमा छानिएका प्रायः सिनेमाले पर्वतीय समाज र जनजीविकालाई समेट्छ। समाजका समकालीन समस्या फिल्ममा प्रतिविम्बित हुन्छन्। बसाइँसराइ, द्वन्द्व, पर्यावरण, ग्लोबल वार्मिङ यस्ता विषय हुन्, जुन पर्वतीय समाजले सधैं भोगिरहन्छन्।

यी विषय किम्फ फेस्टिभलका मुख्य मुद्दा हुन्। किम्फमा छानिएका सिनेमा प्रायः हल वा थिएटरमा प्रदर्शन हुँदैनन्। न त ती सिनेमा युट्युबजस्ता सामाजिक सञ्जालमै भेटिन्छन्।

यस्ता फिचर फिल्मका दर्शक र विषय नै फरक हुन्छन्। त्यसैले यी सिनेमा फेस्टिभलबाहेक अन्यत्र हेर्न नपाइने आयोजकले जनाएको छ।महोत्सवकी निर्देशक रम्यता लिम्बूका अनुसार यहाँ देखाइने ३० प्रतिशत फिल्मका निर्देशक महिला छन्। किम्फको सह-आयोजकमा काठमाडौं महानगरपालिका छ।

 

 

 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा पहिलो हुनेले १५ सय, दोस्रो हुनेले एक हजार र तेस्रो हुने फिल्मले पाँच सय अमेरिकी डलर पुरस्कार पाउने छन्। यस विधामा १४ फिल्म प्रतिस्पर्धामा छन्।

यस्तै नेपाल पानोरामा आख्यानतर्फ पहिलो हुनेले एक लाख रुपैयाँ र गैरआख्यानतर्फ पहिले हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। नेपाल पानोरामातर्फ २० वृत्तचित्र र कथानक चलचित्र छन्।

 

 

 

महोत्वसवको उत्कृष्ट पर्वतीय फिल्मलाई इसिमोडले एक हजार अमेरिकी डलर बराबर नगद पुरस्कार तथा दर्शक छनौटमा उत्कृष्टलाई अस्कर इन्टरनेसनल कलेजले ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ। उत्कृष्ट साहसिक फिल्मले आपा शेर्पा फाउन्डेसनबाट एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछ।

विशेष