विचार

ईसाईकरणबाट देश ग्रसित

ईसाईकरणबाट देश ग्रसित

काठमाडौं । हिमाल पहाड तराई मिलेर बनेको विश्वको एकमात्र शान्तिप्रिय हिन्दू अधिराज्य नेपाललाई क्षत विक्षत बनाई धर्म निरिपेक्ष राष्ट्र घोषित गरियो । धर्म निरिपेक्ष राष्ट्र बनाउनुको मुख्य कारण नै जताततै डरलको खेतीयोग्य पसल ( चर्च ) खोल्न सहज होस् भन्ने हो । देशको मै हुँ भन्ने परिवर्तनकारी नेताहरू यस किसिमको पसलको नै बिक्रेता र ब्राण्ड एम्वेस्डर बन्नु स्वभाविक नै हो । आफ्नो धर्म, संस्कृती , सभ्यता , मौलिक पहिचान भेषभुषा , भाषा सबै चटक्कै बिर्सी पैसामा बिक्नेलाई के थाहा आफ्नो स्वाभिमान, देशको स्वाधिनता, देशको माटोको महत्व र सुवास बारे । राजा महाराजाको शासनले आफ्नो स्वार्थ छोडेर जनतालाई गोलबद्ध बनाई एक ढिक्का नेपाल बनाएको आज आएर पश्चिमा र मिसिनरिको स्वार्थ र द्रव्यले जनतालाई लिङ्गे पिङ झैँ फनफनी घुमाईरहेका छन् ।

 

केही दिन अगाडि मात्र सम्पन्न भएको ‘एसिया पिस प्यासिफिक समिट २०१८’ ले धेरै विवाद उत्पन्न गराएको छ । नहोस् पनि किन, जाबो ज्याकेट र प्लेन चढ्ने लोभले सम्पूर्ण जननिर्वाचित मेयर र उपमेयर तथा मन्त्री, उपप्रधानमन्त्री लगायत अन्यको श्रीमान् श्रीमतीको जोडीलाई सामुहिक पारिवारिक कसमको सपथ तथा पवित्र वाईन खुवाई यशु पुत्रीबाट आशिर्वचनको कार्य सम्पन्न गरियो । त्यो सनातनी र देवभुमी नेपालको लागि निन्दनीय र भत्सर्ना योग्य छ । जसकारण नेपालमा ठूलो राजनीतिक दुर्घटना तथा धार्मिक युद्व हुन्छ भन्ने आँकलन गर्ने अवस्था आइसकेको छ । जसरी देशका प्रतिनिधिहरूले यशुपुत्रीको अगाडि शिर निहुराएर आशिर्बचन लिए त्यसले हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ , देशको शिर झुकेको छ । यस कार्यक्रमका संयोजकका भुमिका खेलेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र कम्युनिस्ट सरकार हाँकेका विवादस्पद व्यक्ति मदर मुनकी चेला एकनाथ ढकाल नेपालको लागि लज्जास्पद ब्यक्ति तथा कुपुत्र हुन् । 

 

भित्र भित्र योजनामा यी द्वय मार्फत धर्म परिवर्तन र फैलाउन गरिएको यस किसिमको कार्यक्रममा किन नेपाल सरकारले राज्यको स्रोत, साधन तथा ढुकुटी रित्याएर तामझामका साथ दिएको होला ? यो नै आश्चर्यजनक छ । यसमा उनीहरूकै गणतान्त्रिक संविधानको भावना तथा मर्म बिपरित साथ दिनु भनेको सरकारले नै धर्म परिवर्तनकारीलाई साथ दिनु हो ।

 

 

हामी ९४ प्रतिशतका ॐकार वैदिक सनातनीहरूले पनि यस्ता लज्जास्पद कार्यक्रम चुपचाप हेरेर समपन्न भईन्जेल साथ दिनु भनेको हाम्रो पनि साथ र समर्थन छ भन्नु हो र यो हाम्रो पनि हार हो । कहिले देश टुक्राउने, कहिले भाइभाइमा काटामार गराउने , बाबुछोरा भिडाउने , युवती तथा कन्या घरबाटै हराउने , युवा जति अरबमै, देश ठुलै पापको घडामा जाक्किदै छ , ठूलो दुर्घटना निम्तिदै छ । अति नै भयो भने खति हुन्छ भने झैं देश नराम्रो भुमरीमा जाक्किदै छ ।

 

टुक्रिन लागेको नेपाल र फुट्न लागेको समाजलाई कसरी बचाउने भनेर जनता सजक हुने बेला भएको छ । यदि देशलाई धार्मिक द्वन्द्वबाट बचाउन छ भने । अब फेरि एउटा परिवर्तनको खाँचो छ , देशमा एउटै राजाको खाँचो छ । वैदिक सनातन धर्मले सबैलाई बाँध्नु अत्यावश्यक छ । जबसम्म देशमा राजसंस्था सहित हिन्दु अधिराज्य तथा वैदिक सनातन हिन्दु अधिराज्य हुँदैन देशमा अनिष्ट सिवाय केही हुनेवाला छैन । ईसाईकरणबाट देशलाई आजाद बनाउनु छ भने प्रकृति पूजक नेपाली जनताले समयमै सोच्न अत्यावश्यक छ , एकजुट भइ बैरि परास्त गर्न अग्रसर हुनै पर्छ ।
 

Binay Kumar Gautam

विशेष