मुख्य समाचार अपराध सुरक्षा

काठमाडौंमा गोली चल्यो : राजन लिम्बु घाइते

काठमाडौंमा गोली चल्यो : राजन लिम्बु घाइते

काठमाडौं । काठमाडौंको कालोपुलमा गोली चलेको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।

 

 

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर गरेको थियो । 

 

 

 

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।
घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ ।

उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लिम्बु खुङ्खार डाका हुन् । यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

विशेष