प्रियंकाको विवाहको लेहेङ्गा बनाउन लाग्यो ३७२० घण्टा
एजेन्सी । अहिले सामाजिक सञ्जालमा चर्चा छ त बलिउड नायिका प्रियंका चोपडाको विवाहको नयाँ नयाँ फोटोको । ईसाई पछि हिन्दू रितिरिवाजमा भएको विवाहमा प्रियंका रातो लेहेंगामा सजिएकी थिइन् । जुन लेहेंगा भारतका चर्चित डिजाइनर सब्यासाचीले डिजाइन गरेका थिए ।
पछिल्लो समय नेहा धूपिया, अनुश्का शर्मा, दीपिका पादुकोण पनि आफ्नो विवाहमा सब्यासाचीकै डिजाइनमा सजिएका थिए । डिजाइनर सब्यासाचीले इन्टाग्राममा सेयर गरेको भिडियोमा उक्त लेहेंगा बनाउन गरिएको मिहेनत देखाएका छन् ।
उक्त रातो रङको लेहेंगालाई ३७२० घण्टामा तयार गरिएको थियो । जसलाई ११० व्यक्ति मिलेर बनाएका थिए । लेहेंगामा प्रियंकाको मातृभाषा र देवनागरी लिपिमा उनका पति निक जोनस र आफ्ना आमाबाबुको नाम लेखिएको थियो । उक्त लेहेंगामा प्रियंकाले जापानी मोतिसँगै २२ क्यारेट सुनको मुगल ज्वेलरी लगाएकी थिइन् ।